आज मिति ः २०८१÷०८÷१४ गते शुक्रबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको बार्षिक कार्य योजना अन्र्तगत नाला सेवा केन्द्र उप समितिको संयोजकत्वमा बनेपा वडा नं. ०४ नाला, शेरा, आंगाल र काक्रे क्षेत्र लाई लक्षित गरि घरदैलो सहकारी शिक्षा तथा सदस्य बिस्तारित कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा नाला सेवा केन्द्र संयोजक, उप–समिति सदस्य, तथा अन्य सदस्य तथा कर्मचारीको उपस्थीती रहेको थियो । यस कार्यक्रमको प्रमुख उद्देश्य संस्थाले गर्दै आएको कार्यक्रम तथा बचत ऋण सेवाका बारेमा सदस्यलाई जानकारी दिने, निष्क्रिय सदस्यहरुलाई सक्रिय बनाउने तथा सम्भाव्य सदस्यलाई संस्थामा आबद्ध गराउनु रहेको थियो ।
साथै समुह बचत उप समितिका संयोजक श्री सुरेन्द्र प्रजापतीको संयोजकत्वमा नाला बजार र शेरामा समुहमा सहकारी शिक्षा तथा बिस्तारित मंञ्च संचालन गरियको थियो । नाला क्षेत्रका ३६ जना सदस्य तथा सम्भाव्य सदस्यको सहभागीतामा संस्थाले गर्दै आएका कार्य, सदस्यले पाउने सेवा सुबिधा, बचत तथा ऋण आदिका बारेमा अभिमुखिकरण गरि समुह निमार्ण गरिएको थियो ।