मिति ः २०८३/०५/०९ गते मंगलबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको बार्षिक कार्य योजना अन्र्तगत नाला सेवा केन्द्र उप समितिको आयोजनामा बनेपा वडा नं. ०१ रायगाउ क्षेत्र लाई लक्षित गरि घरदैलो सहकारी शिक्षा तथा बिस्तारीत मंच कार्यक्रम सम्पन्न गरियो । यस कार्यक्रमको प्रमुख उद्देश्य संस्थाले गर्दै आएको कार्यक्रम तथा बचत ऋण सेवाका बारेमा सदस्यलाई जानकारी दिने, सदस्यहरुको संस्थाप्रतिको गुनासो संकलन, निष्क्रिय सदस्यहरुलाई सक्रिय बनाउने तथा सम्भाव्य सदस्यलाई संस्थामा आबद्ध गराउनु रहेको थियो । बनेपा वडा नं. ०१ रायगाउ क्षेत्रका थुप्रै घर परिवारहरु सो कार्यक्रम मार्फत लाभान्वीत भएको थियो । उक्त स्थानका स्थानीय बासिन्दाहरु यस संस्थाको बारेमा सकारात्मक सोचका साथै सहकारीको कार्यक्रमहरुको बारेमा निकै चासो लिई सक्रिय रुपमा सहभागी भएको पाइएको थियो । उक्त कार्यक्रममा हाल संस्थामा संचालन भएका सेवा सुविधाहरुको बारेमा पनि जानकारी दिएका थियो । कार्यक्रममा सदस्य तथा संभावित सदस्य गरी जम्मा ४१ जना सहभागी भएका थिए ।
