नमस्ते । म बनेपा ४ निवासी, राधाकृष्ण श्रेष्ठ । हाल मैले बनेपा बिभिन्न क्षेत्रमा २९ रोपनीमा व्यवसायीक रुपमा टनेल गोलभेडा खेती गर्दै आईरहेको छु । यस चण्डेश्वरी साकोसमा आबद्ध भएको लगभग १६ बर्ष भएको छ । चण्डेश्वरी साकोस बाट सरल तरिकाले कृषि ऋण मार्फत मैले मेरो कृषि व्यवसाय बिस्तार गर्दै गईरहेको छु । हाल मेरो फार्म मा १० जना व्यक्तिहरुलाई रोजगारी दिदै आईरहेको छु । राम्रोरी गर्न सकेको खण्डमा राम्रै नाफा रहेको छ । काम गर्न बिदेशै जानुपर्ने जस्तो मलाई लाग्दैन । मैसमी बेमौसमी बिभिन्न तरकारी, फुल, आदि उत्पादन गरेर राम्रो आम्दानी भईरहेको छ । हालको यो कृषि फार्मलाई अब अझ ५० ,६० रोपनीमा फैलाउने सोच छ मेरो । चण्डेश्वरीको साथ सहयोग पुर्ण रुपमा रहि रहने छ भन्ने आशा तथा भरोसा छ मलाई ।