सेर गर्नुहोस

 

नमस्ते । म अनिता सुवाल । म यस चण्डेश्वरी साकोसमा सदस्यभई आवद्ध भएको ६ बर्ष भएको छ । चण्डेश्वरी साकोस बाट दिईएका बिभिन्न तालिमहरु मध्य २०७९ साल चैत्रमा मैले मखमलीको जुत्ता चप्पल बनाउने तालिम लिएको थिय । मानिसहरु जुत्ता बनाउने भन्नाले सानो व्यवसाय भन्ने सोच्ने गर्दछ । तर मेरो परिवारलेनै मलाई खाली रहेको समयमा सिकेर घरमानै व्यवसाय गर्न सकिने भनी अभिप्रेरित गरेर मैले यो तालिम लिएको थिय । पहिले म १० देखि ५ बजे सम्म अरुहरुको काम गर्ने गर्थे । तर अहिले म आफ्नै सानो व्यवसाय संचालन गरेको छु । दिनमा खाली बस्नु पर्दैन । पहिलेको काम भन्दा अहिले घरमानै सजिलै यो व्यवसाय संचालन भईरहेको छ । आफ्नोलागी समय पनि छुट्याउन सकेको छु । तिजहरु जस्ता चाडबाँड तिर अझ बढि सामानको अर्डर आउँछ । आर्थिक हिसाबले पहिले भन्दा अहिले धेरै राम्रो भईरहेको छ । अब अझ सामानहरु थपेर यो व्यवसायलाई बढाउँदै लाने सोच छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *