यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले पौष २० गते शनिबार बनेपा वाख्य टोल र ईटभट्टा काँगल गाउँमा घरदैलो सहकारी शिक्षा तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको समुह बचत उप समिति संयोजक श्री सुरेन्द्र प्रजापतीको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा सो स्थानका ५४ जना सदस्य तथा सम्भावीत सदस्यहरुको सहभागीतामा रहेको थियो । सहकारीका उदेश्य, आवश्यकता, बचत तथा ऋणको महत्व तथा प्रयोग, चण्डेश्वरी साकोसका सेवाहरु आदिका बारेमा सहभागीता मुलक छलफल भई कार्यक्रम संचालन भएको थियो ।