जेष्ठ पिता सम्मान कार्यक्रम सम्पन्न

सेर गर्नुहोस

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुरुप महिला बिकास उप समितिका संयोजक श्री मनोहरी पोटेज्यूको संयोजकत्व तथा संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे श्रेष्ठज्यूको सभापतीत्वमा जेष्ठ सदस्य पीता सम्मान कार्याक्रम सम्पन्न भएको छ । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष श्री उदय राम कायस्थज्यूको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा यस चण्डेश्वरी बचतमा आबद्ध ७५ बर्ष माथिका जेष्ठ पूरुष सदस्यहरुलाई न्यानो तन्ना तथा खाद्यान्न प्रदान गरि सम्मान गरियको थियो । कार्यक्रममा १२५ जना जेष्ठ सदस्यहरु लाई सम्मान गरिएको थियो । चण्डेश्वरी सोकोसले हरेक बर्ष औँसीहरुको अवसर पारी आमा बुबाहरुलाई सम्मान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *