चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को ३३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अक्ष्यक्ष श्री नविन भक्त बादे श्रेष्ठज्यूको अध्यक्षता तथा संस्थाका पुर्व उपाध्यक्ष तथा बागमती प्रदेश सामाजिक बिकास मन्त्रि श्री कन्चन चन्द्र बादेज्यूको प्रमुख आतिथ्यतामा बनेपा ८ स्थित बनेपा पार्टि भेन्युमा २०८२ असोज ०४ गते शनिबार विविध निर्णय तथा कार्यक्रमहरु संचालन गरि संस्थाको ३३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि श्री कञ्चन चन्द्र बादेले चण्डेश्वरी साकोस समुदायमा आधारीत भई बिगत ३ दशक भन्दा समय देखी सहकारी मुल्य मान्यता अनुरुप आन्तरीक सुशाशन कायम गरी सदस्यहरुलाई सेवा सुबिधा दिदैँ आएको हुदाँ समुदायमा भरपर्दो सहकारीको रुपमा आफ्नो पहिचान बनाएको बताउनु भयो ।
साधारण सभामा उपस्थीत सम्पुर्णलाई संस्थाका उपाध्यक्ष श्री रमेश काजी श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो भने संस्थाका सचिव श्री बुद्ध रत्न मानन्धरज्यूले संस्थाको गत आव २०८१÷०८२ को नीति तथा कार्यक्रमको समिक्षा र आ.व. २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रम योजना प्रस्तुत गर्नु भएको थियो साथै संस्थाका कोषाध्यक्ष श्री गणेश कुमार रञ्जितज्यूले आ.व. २०८१÷०८२ को लागी १०% लाभाशं घोषणा गर्दै संस्थाको आ.व. २०८१÷०८२ को आर्थिक प्रगति समिक्षा र आ.व. २०८२÷०८३ को आर्थिक कार्यक्रम र बजेट योजना प्रस्तुत गर्नु भएको थियो । त्यसै गरि संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक श्री राम प्रसाद श्रेष्ठज्यूले संस्थाको गत आ.व. २०८१÷०८२ को समग्र समिक्षा प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिब श्री बुधरत्न मानन्धरज्यूले गर्नुभएको थियो भने सभाको समापन संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे श्रेष्ठज्यूले गर्नुभएको थियो ।
साधारण सभामा संस्थामा आबद्ध सदस्य तथा बाल सदस्यहरुले एस.ई.ई. २०८१ मा सहभागी भई उत्तिर्ण भएका ३३ जना छात्र छात्राहरुलाई सम्मान गरिएको थियो भने सो मध्य ५ जनालाई ज्योती प्रकाश सैँजु स्मृष्टि छात्रबृत्ति प्रदान गरिएको थियो । साथै संस्थामा उत्कृष्ट बित्तिय कारोबार गर्ने उत्कृष्ट बचतकर्ता तथा ऋणीहरुलाई बिभिन्न बिधाहरुमा सम्मान गरिएको थियो । आ.व. २०८१÷०८२ मा उत्कृष्ट कार्य संपादनको आधारमा कनिष्ठ कार्यालय सहायक श्री राजेन्द श्रेष्ठ उत्कृष्ट कर्मचारी बिधा बाट सम्मनीत हुनु भएको थियो । साधारण सभाको अवसरमा CWC पोलिक्लिनिक को प्राविधिक सहयोगमा उपस्थीत सदस्यहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण शिविर पनि संचालन गरिएको थियो । शिविरमा हाड, जोर्नी तथा नशा सम्बन्धि, फिजियोथेरापी सम्बन्धि बिशेषज्ञ डाक्टरको उपस्थीतिमा १९० जनाले जाँच गराई आवश्यक परामर्श तथा औषधि बितरण गरिएको थियो । हाल देशको बिसम परिस्थीतिका बाबजुद संस्थाको साधारण सभा सदस्यज्यूहरुको उल्लेख्य उपस्थीतिका बिच सभा सम्पन्न भएको जानकारी संस्थाका सुचना अधिकारी सत्य नारायण श्रेष्ठले बताउनु भयो ।
