ऋण प्रबद्र्धण तथा समुहीक बचत कार्यक्रम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

सेर गर्नुहोस

चण्डेश्वरी साकोसको आयोजनामा मिति २०८२ कात्र्तिक २० गते बिहिबार संस्थाको बैठकहलमा महिला शसक्तिकरण को उद्धेश्य सहित ऋण प्रबद्र्धण कार्यक्रम तथा समुह बचत कार्यक्रम सम्बन्धि अभिमुखीकरण सपन्न भएको छ । संस्थाको सचिव श्री बुद्धरत्न मानन्धर, ऋण तथा अर्थ व्यवस्थापन उप समिति सदस्य श्री पुर्ण पोटे र समुह बचत उप समिति संयोजक श्री सुरेन्द्र प्रजापतीको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थामा आबद्ध महिला सदस्यज्यूहरुलाई महिला उद्यम ऋण तथा समुह बचत गर्ने सम्बन्धि अभिमुखीकरण गरीएको थियो । अभिमुखीकरण पश्चात दुईतर्फि अन्र्तक्रियात्मक छलफल गरी समापन गरिएको थियो । कार्यक्रमको सहजीकरण तथा प्रस्तुतीकरण संस्थाका बचत तथा प्रबद्र्धण बिभाग प्रमुख श्री सत्य नारायण श्रेष्ठ मार्फत भएको थियो । कार्यक्रमको समापन सचिव श्री बुद्धरत्न मानन्धर मार्फत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *