रगतको अभावबाट हुने अप्रिय घटनाहरु कमी गर्न ब्लड डोनर्स एशोसियशन नेपाल (ब्लोडान) को आह्वानमा मिति २०८२ मंसीर ११ गते बिहिबार चण्डेश्वरी साकोसको आयोजना तथा ने.रे.सो. बनेपाको प्राविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बनेपा ८ तिनदोबाटो चोकमा बिहान १०ः०० देखि २ः०० बजे सम्म सम्पन्न भएको सो कार्यक्रममा जम्मा ३६ जना रक्तदाताहरुको उपस्थीति रहेको थियो भने ५ जनाको विविध श्वास्थ्य कारणले रक्तदान गर्न नमिलेको तथा जम्मा ३१ जना रक्तदाताहरुले अमुल्य रक्तदान गर्नुभएको थियो । चण्डेश्वरी साकोसले हरेक अर्धबार्षिक रुपमा खुल्ला रक्तदान कार्यक्रम गर्दै आईरहेको छ ।
