चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को ३२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अक्ष्यक्ष श्री नविन भक्त बादे श्रेष्ठज्यूको अध्यक्षता तथा संस्थाको बयोबृद्ध सदस्य श्री तुलसी माया कटिलाज्यूको प्रमुख आतिथ्यता, तथा जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकका नव निर्वाचित अध्यक्ष श्री अमन पोटे श्रेष्ठज्यूको विशिष्ठ आतिथ्यता र स्थानिय विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरुको आतिथ्यतामा बनेपा ८ स्थित बनेपा पार्टि भेन्युमा २०८१ असोज १२ गते शनिबार विविध निर्णय तथा कार्यक्रमहरु संचालन गरि संस्थाको ३२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा बिशिष्ट अतिथि श्री अमन पोटे श्रेष्ठज्यूले सहकारी संस्थाहरुमा हाल देखिएको समस्याहरु संस्था पुर्ण रुपमा नितिविधि अनुरुप नचल्दाका कारण उत्पन्न भएको बताउनु भयो । २००० साल भाद्रमा नेपालमै पहिलो पटक लाएण्ड मोर्टेगेज बैंंक एण्ड कोअपरेटिभ सोसाईटि नामको सहकारीको स्थापना गरि सहकारीको अवधारण नेपालमा भित्राउने बनेपाका स्थानीय प्रतिष्ठित व्यक्ति श्री राजदाश बादे श्रेष्ठको योगदानको स्मरण गर्दै सोहि स्थान बनेपामा काभ्रेपलाञ्चोक जिल्लालाई कार्यक्षेत्र बनाई संचालीत चण्डेश्वरी साकोसले पछिल्लो समयमा एक्सेस ब्रोन्ज ब्राण्ड(२०२२÷०२३), सिल्भर ब्राण्ड(२०२३÷०२४), नेफ्स्कुन नेपालको उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था २०८० आदि उपाधी प्राप्त गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएकोमा चण्डेश्वरी साकोसलाई हार्दिक बधाई दिनुभयो साथै सो उपाधिहरुलाई निरन्तरता दिन आवश्यक रहेको बताउनु भयो ।
साधारण सभामा उपस्थीत सम्पुर्णलाई संस्थाका उपाध्यक्ष श्री रमेश काजी श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो भने संस्थाका सचिव श्री बुद्ध रत्न मानन्धरज्यूले संस्थाको गत आव २०८०÷०८१ को नीति तथा कार्यक्रमको समिक्षा र आव २०८१÷०८२ को वार्षिक नीति तथा कार्यक्रम योजना प्रस्तुत गर्नु भएको थियो साथै संस्थाका कोषाध्यक्ष श्री गणेश कुमार रञ्जितज्यूले आ.व. २०८०÷०८१ को लागी ११.५८% लाभाशं घोषणा गर्दै संस्थाको आव २०८०÷०८१ को आर्थिक प्रगति समिक्षा र आव २०८१÷०८२ को आर्थिक कार्यक्रम र बजेट योजना प्रस्तुत गर्नु भएको थियो । त्यसै गरि संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक श्री राम प्रसाद श्रेष्ठज्यूले संस्थाको गत आव २०८०÷०८१ को समग्र समिक्षा प्रतिवेदन पेश गर्नु भएको थियो । बालबालीकाहरुद्धारा बिभिन्न नृत्य तथा साँस्कृतिक धिमेबाजाको प्रस्तुतीहरुका साथ कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिब श्री बुधरत्न मानन्धरज्यूले गर्नुभएको थियो भने सभाको समापन संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे श्रेष्ठज्यूले गर्नुभएको थियो । सभामा पुर्ण समय उपस्थीत भई सहभागी जनाउने २० जना सदस्यज्युहरुलाई आकर्षक उपहारहरु प्रदान गरिएको थियो ।
साधारण सभामा संस्थामा आबद्ध सदस्य तथा बाल सदस्यहरुले एस.ई.ई. २०८० मा सहभागी भई उत्तिर्ण भएका ४० जना छात्र छात्राहरुलाई सम्मान गरिएको थियो भने सो मध्य ६ जनालाई ज्योती प्रकाश सैँजु स्मृष्टि छात्रबृत्ति प्रदान गरिएको थियो । साथै संस्थामा उत्कृष्ट बित्तिय कारोबार गर्ने उत्कृष्ट बचतकर्ता तथा ऋणीहरुलाई बिभिन्न बिधाहरुमा सम्मान गरिएको थियो । बर्षाका कारण साधारण सभा कार्यक्रम केहि प्रभावीत भएतापनी सदस्यज्यूहरुको उल्लेख्य उपस्थीतिका बिच सभा सम्पन्न भएको छ ।