जेष्ठ सदस्य पिता सम्मान कार्यक्रम सम्पन्न

सेर गर्नुहोस
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको जेष्ठ सदस्य पिता सम्मान कार्यक्रम सम्पन्न भएको छ । चण्डेश्वरी साकोसको बार्षिक कार्ययोजना अनुसार संस्थामा आबद्ध ७५ बर्ष माथिका जेष्ठ पुरुष सदस्यहरुलाई यहि कुशेऔँशीको अवसरमा सम्मान गरिएको हो । महिला बिकास उप समितिको संयाजकत्व तथा संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बागमती प्रदेशका सामाजिक बिकास मन्त्रि मा. श्री कञ्चन चन्द्र बादेज्यू को प्रमुख अतिथ्यता, जिल्ला सहकारी संघ लि. का अध्यक्ष श्री अमन पोटे श्रेष्ठज्यूको बिषेश आथित्यता रहेको थियो साथै बनेपा वडा नं। ८ का अध्यक्ष श्री शुभलक्ष्मी मानन्धरज्यू, जेष्ठ नागरिक जिल्ला संघ काभ्रेका अध्यक्ष श्री शिद्धि बहादुर कर्मचार्यज्यू, संचारकर्मीद्धय श्री लक्ष्मण तिमल्सीनाज्यूको आथित्यता रहेको थियो ।
कार्यक्रममा संस्थामा आबद्ध ७५ बर्ष माथिका ११५ जना जेष्ठ पुरुष सदस्यलाई साकोसले सम्मान गरेको छ । साथै संस्थामा उत्कृष्ट बित्तिय कारोबार मार्फत संरक्षित पुँजी फिर्ता कोषबाट उच्चतम रकम प्राप्त गर्ने ३ जना जेष्ठ सदस्यहरुलाई बिषेश सम्मान गरिएको थियो । कार्यक्रमको संचालन नालासेवाकेन्द्र प्रमुख श्री नबिना श्रेष्ठले गर्नु भएको थियो भने उपस्थीत सम्पुर्णलाई अध्यक्ष श्री नबिन भक्त बादे श्रेष्ठज्यूले स्वागत गर्नु भएको थियो । संस्थाले हरेक बर्ष जेष्ठ सदस्य सम्मान कार्यक्रम गर्दै आएको छ । कुशेँ आँैशिको अवसरमा पिताहरुलाई र मातातिर्थ आँैशिको अवसरमा आमाहरुलाई सम्मान गर्ने गरेको छ ।
कार्यक्रमको अवसरमा चण्डेश्वरी साकोस परिवारद्धारा यस संस्थाका पुर्व उपाध्यक्ष मा. श्री कञ्चन चन्द्र बादेज्यू हालैमात्र बागमती प्रदेश सामाजिक बिकास मन्त्रीको पदभार गर्नुभएकोमा संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार तथा कर्मचारी सम्पुर्ण मार्फत हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ज्ञापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *