बिश्व रक्तदाता दिवस २०२५ को उपलक्ष्य तथा यस संस्थाको ३६ औँ स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम

सेर गर्नुहोस

रगतको अभावबाट हुने अप्रिय घटनाहरु कमी गर्न बिश्व रक्तदाता दिवस २०२५ को उपलक्ष्य तथा यस संस्थाको ३६ औँ स्थापना दिवसको अवसरमा ब्लड डोनर्स एशोसियशन नेपाल (ब्लोडान) को आह्वानमा आज मिति २०८२ जेष्ठ २७ गते मंगलबार यस चण्डेश्वरी साकोसको आयोजना तथा ने.रे.सो. को प्रविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । महिला बिकास उप समितिको संयोजनमा सम्पन्न सो कार्यक्रम बिहान १०ः०० बजे बाट २ः०० बजे सम्म पम्पन्न भएको थियो । खुल्ला रक्तदानमा जम्मा ४२ जना रक्तदाताहरुको उपस्थीति रहेको थियो जसमध्य ६ जनाको बिविध कारणले रक्तदान गर्न सकेका थियनन् भने जम्मा ३६ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो । संस्थाका तर्फ बाट संस्थाका अध्यक्ष नबिन भक्त बादे, लेखा संयोजक राम प्रसाद श्रेष्ठ, कोषाध्यक्ष गणेश कुमार रंजित, सल्लाहकार बिकास बादे, हेमन्त राज प्रधान, कार्यक्रम संयोजक मनोहरी पोटे आदि मार्फत रक्तदाताहरुलाई धन्यबाद तथा प्रसंसा पत्र बितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *