पोष्टेट क्यान्सरको प्रारम्भिक परिक्षण शिविर संचालन

सेर गर्नुहोस

मिति २०८१ कात्र्तिक २९ गते यस संस्थाको बार्षिक कार्ययोजना अनुरुप श्वाश्थ्य शिविर सम्पन्न भएको छ । यस चण्डेश्वरी साकोस को आयोजना र CWC पोलिक्लिनिक बनेपाको समन्वय तथा प्राविधिक सहयोगमा पुरुषहरुमा देखिने पिसाव सम्बन्धिको समस्या तथा पोष्टेट क्यान्सरको प्रारम्भिक परिक्षण शिविर संचालन गरिएको थियो । शिविर बनेपा चारदोबाटो स्थीत CWC पोलिक्लिनिक भवनमा सम्पन्न गरिएको थियो । शिविरमा ७२ जना पुरुष सदस्यहरुको रगत परिक्षण मार्फत श्वाश्थ्य परिक्षण गरियको थियो जसमध्य १४ जनामा पिसाब सम्बन्धिको समस्या र पोस्टेट क्यान्सरको सामान्य लक्ष्यणहरु देखिएको हुदाँ औषोधपचारका लागी सिफारिस गरिएको थियो । साथै कात्र्तिक २९ गते बिश्व मधुमेह दिवस परेको हुदाँ CWC पोलिक्लिनिक मार्फत निःशुल्क रुपमा मधुमेह परिक्षण पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *