मिति ः २०८१÷११÷२६ गते सोमबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको बार्षिक कार्य योजना अन्र्तगत नाला सेवा केन्द्र उप समितिको संयोजनमा बनेपा वडा नं. ०१ डण्डाल क्षेत्र लाई लक्षित गरि घरदैलो सहकारी शिक्षा तथा सदस्य वृद्धि कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा नाला सेवा केन्द्र उप–समिति सदस्य, तथा अन्य सदस्य तथा कर्मचारीको उपस्थीती रहेको थियो । यस कार्यक्रमको प्रमुख उद्देश्य संस्थाले गर्दै आएको कार्यक्रम तथा बचत ऋण सेवाका बारेमा सदस्यलाई जानकारी दिने, निष्क्रिय सदस्यहरुलाई सक्रिय बनाउने तथा सम्भाव्य सदस्यलाई संस्थामा आबद्ध गराउनु रहेको थियो । बनेपा ०१ डण्डाल क्षेत्रका थुप्रै घर परिवारहरु सो कार्यक्रम मार्फत लाभान्वीत भएको थियो । उक्त कार्यक्रममा सदस्य तथा संभावित सदस्य गरी जम्मा ४४ जना सहभागी भएका थिए
