चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था स्थापनाको ३५ वर्षमा प्रवेश गरेको छ । २०४७ असार २ गते स्थापित चण्डेश्वरी साकोस एशिया स्तरको ब्राण्ड ‘एक्सेस सिल्भर’ प्राप्त संस्था हो ।बनेपा–८, तीनदोबाटोमा मुख्य कार्यालय रहेको यस संस्थाले एक कार्यक्रमको बीच ३५ औं स्थापना दिवस मनाएको छ । संस्थापक सचिव समेत रहेका प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष बिकास बादे, संस्थाका अध्यक्ष नविन भक्त बादे श्रेष्ठ लगायतको उपस्थितीमा आफ्नो स्थापना दिवस मनाएको हो ।‘चण्डेश्वरी हजुरको हातमा, हजुरको समृद्धि चण्डेश्वरीको साथमा’ मुल थिमका साथ अघि बढेको चण्डेश्वरी समुदायको पहिलो रोजाईको संस्था हो । समुदायमा आधारित सुरक्षित र दिगो संस्थाको रुपमा चण्डेश्वरी स्थापित छ ।
स्थापना दिवसको अवसरमा संस्थाले सम्पूर्णमा शेयर सदस्य, सञ्चालन सदस्य, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार, उप समिति सदस्य, कर्मचारी तथा सम्पूर्णमा शुभकामना व्यक्त गरेको छ ।