वातावरणमैत्री कपडाको झोला व्याग बनाउने तालिम सम्पन्न ।

सेर गर्नुहोस
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको सहकार्य÷सहजीकरण, उद्योग तथा बाणिज्य कार्यालय धुलिखेलको आयोजना तथा बनेपा नगरपालीका वडा ४ कार्यालयको समन्वयमा बैसाख २१ देखी जेष्ठ ३ गते सम्म संचालित १० दिने निःशुल्क वातावरणमैत्री झोला व्याग बनाउने तालिम समापन भएको छ । उद्योग तथा बाणिज्य कार्यालयका प्रमुख श्री यज्ञ बहादुर ओलीज्यूको सभापतीत्व तथा बनेपा वडा ४ का वडा अध्यक्ष श्री श्याम शुन्दर श्रेष्ठज्यूको प्रमुख अतिथि तथा यस संस्थाका प्रमुख सल्लाहकार श्री बिकास बादेज्यूको बिषेश आथित्यतामा सो समापन कार्यक्रम सम्पन्न भएको थियो । यस संस्थाका प्रमुख सल्लाहकार श्री बिकास बादे ज्यू मार्फत स्वातग मन्तव्य राख्नु भएको थियो । संस्थामा आबद्ध शेयर सदस्यहरुको शिप बिकास गरि उद्यमशिलता तर्फ बढन तथा जिवनस्तर बिकास गर्ने उद्धेश्यका साथ सो तालिम कार्यक्रमको संचालन भएको थियो ।
तालिममा सहभागी १५ जनाद्धारा निर्मीत विभिन्न वातावरण मैत्री कपडाको झोला व्यागहरु प्रद्र्धशनीमा राखी समापन कार्यक्रम संचालन भएको थियो । सहभागीहरु सम्पुर्णलाई प्रमुख अतिथिद्धारा तालिम प्रमाणपत्र बितरण गरिएको थियो । मन्तव्यका क्रममा बिकास बादेज्यू मार्फत यस प्रकारको व्यागहरु महिलाको लागि मात्र नभई पुरुषलाई लक्षीत गरिपनि बनाउनु पर्ने तथा स्कुलका बालबालिकाका लागि चाहिने स्कुल व्याग पनि बनाउनु पर्ने कुरामा जोड गर्नुभयो सार्थै सहभागीद्धारा बनाईका सामानको बजारिकरणका लागि पनि संस्थाबाट सहयोग गरिने कुरा बताउनु भयो । सिकेका कुराहरुलाई व्यवहारमा लागु गरि व्यवसायीक तरिकाले नयाँ व्यवसायको थालनी गर्नका लागी प्रमुख अतिथि श्याम शुन्दर श्रेष्ठज्यु ले सहभागीहरुलाई उत्प्रेरित गर्नुभयो । यस प्रकारका तालिम कार्यक्रमले सदस्यहरुको शिप बिकास भई जिवनस्तर उकास्न र लघु उद्यम व्यवसाय तिर अग्रसर हुन प्ररित हुने बिश्वास लिईएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *