मिति २०८०÷१०÷२६ गते शुक्रबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको व्यवस्थापन उप समितिको संयोजकत्वमा बनेपा वडा नं. ०४ बुल्ले क्षेत्र लाई लक्षित गरि घरदैलो सहकारी शिक्षा तथा सदस्य विस्तारीत मञ्च कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा नाला सेवा केन्द्र व्यवस्थापन उप–समिति सदस्य महेन्द्र श्रेष्ठ, गोपाल श्रेष्ठ, हिरादेवी श्रेष्ठ, बचत बिभाग प्रमुख सत्य नारायण श्रेष्ठ, सेवाकेन्द्र प्रमुख नबिना श्रेष्ठ, तथा कर्मचारीहरुको उपस्थीती रहेको थियो । यस कार्यक्रमको प्रमुख उद्देश्य संस्थाले गर्दै आएको कार्यक्रम तथा बचत ऋण सेवाका बारेमा सदस्यलाई जानकारी दिने, सदस्यहरुको चासो गुनासो संकलन गर्ने तथा सम्भाव्य सदस्यलाई संस्थामा आबद्ध गराउनु रहेको थियो ।
बनेपा ०४ बुल्ले क्षेत्रका थुप्रै घर परिवारहरु सो कार्यक्रम मार्फत लाभान्वीत भएको थियो । उक्त कार्यक्रममा सदस्य तथा संभावित सदस्य गरी जम्मा ६३ जना सहभागी भएका थिए । कार्यक्रमका कारण सो समुदायमा केही व्यक्तीको अन्य सहकारी सम्बन्धी नकारात्मक धारणा देखिए तापनि धेरै व्यक्ति चण्डेश्वरी साकोस तथा यस संस्थाले गर्ने कार्यक्रमहरुका बारेमा लगाब लिएको देखिन्छ ।