चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको सहकार्य/सहजीकरण, उद्योग तथा बाणिज्य कार्यालय धुलिखेलको आयोजना तथा बनेपा नगरपालीका वडा ४ कार्यालयको समन्वयमा बैसाख २१ बाट १० दिने निःशुल्क वातावरणमैत्री झोला व्याग बनाउने तालिमको संचालन भएको छ । उद्योग तथा बाणिज्य कार्यालयका प्रमुख श्री यज्ञ बहादुर ओलीज्यूको सभापतीत्वमा सुरु भएको सो उदघाट्न कार्यक्रमको प्रमुख अतिथिमा बनेपा वडा ४ का वडा अध्यक्ष श्री श्याम शुन्दर श्रेष्ठ ज्यू उपस्थीत रहनुभएको थियो । चण्डेश्वरी साकोसका तर्फ बाट संस्थाका प्रमुख सल्लाहकार श्री बिकास बादे ज्यू मार्फत तालिममा उपस्थीत सम्पुर्णलाई स्वातग मन्तव्य मार्फत स्वागत गरिएको थियो । संस्थामा आबद्ध शेयर सदस्यहरुको शिप बिकास गरि उद्यमशिलता तर्फ बढन तथा जिवनस्तर बिकास गर्ने उद्धेश्यका साथ सो तालिम कार्यक्रमको संचालन भएको हो ।
वातावरणमा प्रभाव पार्ने प्लाष्टिकजन्य झोलाले वातावरणमा प्रभाव पार्ने र प्लास्टिकका झोला बिस्थापीत गर्नका लागि सोको बिकल्प नभई नहुने र कपडाको झोला सोको लागि उच्चतम बिकल्प रहेको उद्योग तथा बाणिज्य कार्यालय प्रमुख ओलीले बताउनु भयो । साथै बिषेश अतिथि श्रेष्ठले आफ्नो मन्तव्य मार्फत सिकेका शिपको परिचालन गरि आफैबाट सुरु गर्नुपर्छ । आफुले कपडाको झोला प्रयोग गर्न सकेमात्र अरुलाई उत्पे्ररित गर्न सकिने बताउनुभयो । साथै शिप सिकेर मात्र नहुने सोको प्रयोग गरि आफ्नो जिवनस्तर उकास्न पनि अभिप्रेरित गर्नुभयो ।
चण्डेश्वरी साकोसले वातावरणमैत्री हरित बिद्युतिय सवारी तथा बैकल्पीक उर्जा ऋण मार्फत सुलभ दरमा सदस्यहरुलाई ऋण प्रवाह गर्दै आएको र महिला दिदिबहिनीहरुलाई घरेलु उद्योग तर्फ उन्मुख गर्नका लागी महिला उद्यमी सुलभ ऋण पनि न्युनतम व्याजदरमा ऋण प्रवाह गर्दै आएको जानकारी संस्थाका सचिव श्री बुद्ध रत्न मानन्धर ज्युले बताउनु भयो । उद्घाटन कार्यक्रमको सहजिकरण सचिब बुद्धरत्न मानन्धरले गर्नुभएको थियो । तालिम कार्यक्रम को प्रशिक्षण निसु लेडिज टेलर्स का प्रोप्राईटर सुनिता बैद्य ज्यूले गर्नुहुन्छ । बनेपा वडा नं. ४ स्थीत उग्रचण्डी पार्टि प्यालेसमा १० दिन सो तालिम कार्यक्रम संचालन हुनेछ ।