जेष्ठ सदस्य पिता सम्मान कार्यक्रम सप्पन्न

सेर गर्नुहोस

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुबाको मुख हेर्ने दिनको अवसर पारी भाद्र २७ गते बुधवार संस्थामा आबद्ध ७५ वर्ष भन्दा माथि उमेर समूहका ९० जना जे     ष्ठ सदस्यहरूलाई सम्मान गरेको छ । संस्थाले मातातिर्थको अवसर पारेर आमाहरूलाई र कु

शेऔसीको अवसरमा पिताहरुलाई बार्षिक रुपमा सम्मान गर्दै आएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्त्रगत वार्षिक कार्यक्रम आयोजना गरी बुबा आमा सम्मान, तीर्थाटन कार्यक्रम आयोजना गरिएको छ । संस्थाका सह सचिव एवं महिला बिकास उप समिति संयोजक रोशना राजवंशीले भनिन–‘तिर्थाटनमा यो वर्ष संस्थामा आबद्ध ६० वर्ष भन्दा माथि उमेर समूहका ५ सय भन्दा धेरै सदस्य मध्ये ३ सय ९५ जना सहभागीहरु लार्य तिर्थातन पनि लगिएको थियो । ६० वर्ष देखि ७५ वर्ष उमेर समूहका जेष्ठ सदस्यहरूलाई तीर्थाटन गराई अभिभावक भएको महसुस गराएको छ ।’ संस्थाले सदस्यहरूका लागि सिपमूलक कार्यक्रम, स्वास्थ्य शिविर, रक्तदान लगायतका दर्जनौँ कार्यक्रमहरू आयोजना गरिरहेको छ । ९ हजार २५० सेयर सदस्य रहेको चण्डेश्वरी सहकारी नेपालकै नमुना सहकारी हो । विश्व स्तरका सहकारीको मापदण्ड अनुसार चण्डेश्वरीले सहकारीका बचत तथा ऋणको कारोबार र व्यवसाय प्रवर्द्धनका कार्यक्रम गरिरहेको छ ।

कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार एवं पूर्व अध्यक्ष विकास बादेले जेष्ठ सदस्यहरूको आर्शिवादले मात्रै पछिल्लो पुस्ताले गरेका कार्यहरू सफल र सन्तुष्ट हुने बताए । सल्लाहकारहरू बालभक्त प्रधान, इन्द्रनारायण भैल, हेमन्त प्रधान, संस्थाका उपाध्यक्ष रमेशकाजी श्रेष्ठ लगायतले चण्डेश्वरी सहकारी हरेक सदस्यहरूको दुखसुखमा सँगै रहने संस्थाका रुपमा रहेको बताए ।
कार्यक्रममा संस्थाका सचिव बुद्धरत्न मानन्धरले जेष्ठ नागरिकहरूको सम्मानले आगामी पुस्ताका लागि पनि अनुसरण हुने बताए । जेष्ठ सदस्यहरूका लागि ब्लाङ्ककेट, बिस्कुट र नेवारी समुदायले दिने सगुन मार्फत सम्मान गरिएको व्यवस्थापक रवीन्द्रभक्त पोटेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *