घरदैलो सहकारी शिक्षा तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न – 2081-11-24

सेर गर्नुहोस

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले फागुण २४ गते शनिबार बनेपा १०, सुमाङ्गल भट्टारोड, काँङ्गल क्षेत्रमा घरदैलो सहकारी शिक्षा तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको समुह बचत उप समिति संयोजक श्री सुरेन्द्र प्रजापतीको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा सो स्थानका १५ घर परिवारहरुको सहभागीता रहेको थियो । सहकारीका उदेश्य, आवश्यकता, बचत तथा ऋणको महत्व तथा प्रयोग, चण्डेश्वरी साकोसका सेवाहरु आदिका बारेमा सहभागीता मुलक छलफल भई कार्यक्रम संचालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *