सहकारी शिक्षा घरदैलो कार्यक्रम – बनेपा १, टुकुचा

सेर गर्नुहोस

मिति ः २०८०÷०९÷२५ गते मंगलबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको बार्षिक कार्य योजना अन्र्तगत नाला सेवा केन्द्र उप समितिको आयोजनामा बनेपा वडा नं. ०१ टुकुचा क्षेत्र लाई लक्षित गरि घरदैलो सहकारी शिक्षा  कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा केन्द्रिय कार्यालयबाट संचालक सदस्य, उप–समिति सदस्य, नाला सेवा केन्द्रका उप–समिति सदस्य तथा अन्य सदस्य तथा कर्मचारीको उपस्थीती रहेको थियो । कार्यक्रम बिहानीको ७ः३० बजे बाट सुरु भई ११ः०० बजे सम्म चलेको थियो । यस कार्यक्रमको प्रमुख उद्देश्य संस्थाले गर्दै आएको कार्यक्रम तथा बचत ऋण सेवाका बारेमा सदस्यलाई जानकारी दिने तथा सम्भाव्य सदस्यलाई संस्थामा आबद्ध गराउनु रहेको थियो ।
सारंशमा बनेपा ०१ टुकुचा क्षेत्रका थुप्रै घर परिवारहरु सो कार्यक्रम मार्फत लाभान्वीत भएको थियो । उक्त कार्यक्रममा सदस्य तथा संभावित सदस्य गरी जम्मा ४५ जना सहभागी भएका थिए सहभागीहरुमा सस्थामा सदस्य नरहेका मध्य बाट थप २८ जनाले नयाँ सदस्यता प्र्राप्ती गरेको थियो, जसमध्ये २ जना बाल सदस्यमा आवद्ध भएका थिए ।
कार्यक्रमका कारण सो समुदायमा केही व्यक्तीको अन्य सहकारी सम्बन्धी नकारात्मक धारणा देखिए तापनि धेरै व्यक्ति चण्डेश्वरी साकोस तथा यस संस्थाले गर्ने कार्यक्रमहरुका बारेमा लगाब लिएको देखिन्छ । आगामि दिनहरुमा नयाँ सदस्य बन्न यो कार्यक्रमले महत्वपुण भुमिका निभाउने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *