बिद्यार्थिका लागि बित्तीय साक्षरता सचेतना कक्षा

सेर गर्नुहोस

सुरक्षित बित्तिय समृद्धिका लागि बित्तीय साक्षरता आजको आवश्यकता भन्ने नाराका साथ मिति २०८० जेष्ठ १९ गते शुत्रबार बनेपा ५ स्थीत आजाद मा.बि. मा बिद्यार्थिका लागि बित्तीय साक्षरता सचेतना कक्षा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे सभापतित्वमा, बिद्यालयका स.प्र.अ. श्री लक्ष्मी नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा, शिक्षा तथा समाज कल्याण उप समिति संयोजक श्री पुर्ण पोटे को संयोजकत्वमा सम्पन्न भउको थियो । कार्यक्रमको सहजिकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री झलेन्द्र प्रसाद दाहाल ले गर्नु भएको थियो । जसमा बिद्यार्थि जिवनमा बचतको महत्व, खर्चको वर्गिकरण लगाएता बित्तिय साक्षरताका बिषयको बारेमा प्रस्तुति दिनु भएको थियो । कार्यक्रममा कक्षा ८, ९ र १० का बिद्यार्थि गरि जम्मा ८१ जना बिद्यार्थिहरुको सहभागि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *