बित्तिय साक्षारता तालिम तथा सदस्य विस्तारित मञ्च कार्यक्रम सम्पन्न

सेर गर्नुहोस

मिति ः २०८१÷०१÷१० गते सोमबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको बार्षिक कार्य योजना अन्र्तगत नाला सेवा केन्द्र उप–समितको आयोजनामा बनेपा वडा नं. ४, स्थीत नाला सेवा केन्द्र कार्यालयमा यस संस्थाका उपाध्यक्ष श्री रमेश काजी श्रेष्ठको अध्यक्ष्यतामा बित्तिय साक्षारता तालिम तथा सदस्य विस्तारित मञ्च कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा साकोसको मुख्य कार्यालयबाट ऋण अधिकृत श्री रमेश श्रेष्ठ ज्यू, बचत बिभाग प्रमुख श्री सत्य नारायण श्रेष्ठ ज्यू, नाला सेवा केन्द्रबाट संयोजक श्री रुकमणी देवि पोटे राजभण्डारी ज्यू, उप–समिति सदस्य श्री महेन्द्र श्रेष्ठ ज्यू, श्री गोपाल श्रेष्ठ ज्यू, श्री हिरादेवि श्रेष्ठ ज्यू र श्री लक्ष्मी श्रेष्ठ ज्यू तथा अन्य सदस्य तथा कर्मचारीको उपस्थीती रहेको थियो । अध्यक्ष तथा अन्य पदाधिकारीहरुको आसन ग्रहण सँगै कार्यक्रमको सुभारम्भ भएको थियो । कार्यक्रममा नाला सेवा केन्द्रको संयोजक श्री रुकमणी देवि पोटे राजभण्डारी ज्यू ले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । साथै कार्यक्रम संचालनका लागी अध्यक्षता गर्नुभएका उपाध्यक्ष श्री रमेश काजी श्रेष्ठ ज्यूले आफ्नो मन्तव्य पेश गर्नुभएको थियो । उक्त मन्तव्य पश्चात् कार्यक्रमका प्रशिक्षक श्री सत्य नारायण श्रेष्ठ ज्यूबाट बित्तिय शिक्षा सम्बन्धि कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रम बिहानीको ११ः०० मा सुरु भएको थियो । कार्यक्रमको मुख्य उद्धेश्य भनेको संस्थामा आवद्ध सदस्यहरुलाई बित्तिय शिक्षा तथा सहकारी शिक्षामा दक्ष बनाएर बित्तिय रुपमा शसक्तिकरण गर्ने साथै सहकारी सम्बन्धी गुनासो तथा अन्य विषयवस्तुमा छलफल गर्ने रहेको थियो ।
सारंशमा सो कार्यक्रममा बनेपा वडा १,२,३ र ४ समुदाय बाट जम्मा ४७ जना व्यक्तिको जन सहभागिता रहेको थियो । कार्यक्रममा बर्तमान समयमा भएको समस्या र सो समस्या सुल्झाउन बचतले के कस्तो भुमिका बहन गर्छ भन्ने जस्ता सहकारी सम्बन्धी विषयवस्तुमा छलफल भएको थियो । कार्यक्रम मार्फत सदस्य ज्यूहरुले आफ्नो अमुल्य सल्लाह सुझावहरु प्रस्तुत गरेका थिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *