बृहत घरदैलो सदस्य सुझाव संकलन तथा भित्तेपात्रो बितरण कार्यक्रम – ६७ औँ राष्ट्रिय सहकारी दिवस

सेर गर्नुहोस

मिति ः २०८०/१२/२० गते मंगलबार ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाद्धारा संस्थाका अध्यक्ष श्री नबिन भक्त बादेको अध्यक्षतामा बृहत घरदैलो सदस्य सुझाव संकलन तथा भित्तेपात्रो बितरण कार्यक्रम सम्पन्न गरिएको छ । नयाँबर्ष २०८१ सालको भित्तेपात्रो बितरन सहित शुभकामना आदान प्रदान गर्ने तथा सदस्यसंग सहकारीका लागी आवश्यक सुझाव संकलन गर्ने हेतुले कार्यक्रम संचालन गरिएको थियो । संस्थाका पदाधिकारी, संचालक सदस्य, लेखा समिति तथा कर्मचारीहरुको समुहगत रुपमा सो कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रमका दौरान बनेपाका बिभिन्न वडा, नयाँबस्ती, दछुटोल, कोलाँटोल, कोबाहाल, तिनधारा, असंफल, वाख्योटोल, चण्डेश्वरी, घोकेचौर आदि लगाएत बनेपा ४ नालाको बजार क्षेत्रहरु समेटिएको थियो जसमा १५०० वटा क्यालेन्दर बितरण गरिएको थियो भने संस्थामा सदस्यता रहेका सदस्यहरु संग संस्था बिकासका लागि आवश्यक सुझावहरु संकलन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *