चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुसार मिति २०८० मंसिर २७ गते बुधबार बनेपा ४ नाला करुणामाई मन्दिर अगादि निःशुल्क पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको प्रारम्भिक परिक्षण शिविर सम्पन्न भएको छ । चण्डेश्वरी साकोसको आयोजना तथा नेपाल अबुद्र्ध रोग निवारण संस्था (NNCTR) को प्रविधिक सहयोगमा सो शिविर सम्पन्न भएको थियो । बनेपा वडा नं. १,२,३ र ४ का महिलाहरुलाई लक्षित गर्दै सो शिविर आयोजना गरिएको थियो । शिविरमा जम्मा १७३ जना महिलाहरुले जाँच गराएका थिय जसमा ८४ जना लाई निःशुल्क औषधि बितरण गरिएको थियो भने ५ जनाको क्यान्सरको प्रारम्भिक लक्षण पहिचान गरिएको थियो । लक्षण देखा परेका महिलाहरुलाई निःशुल्क उपचारका लागि NNCTR मा सिफारिस गरिएको छ । संस्थाको महिला बिकास उप समितिको संयोजकत्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।