पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

सेर गर्नुहोस

चण्डेश्वरी साकोसको आयोजनामा निःशुल्क पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुमा देखा पर्ने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको प्रारम्भिक परिक्षण शिविरलाई लक्षित गरि मंसिर २४ गते चण्डेश्वरीको नाला सेवाकेन्द्र कार्यालयमा सो अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको सहजिकरण NNCTR Banepa बाट कृष्ण कुमारी श्रेष्ठ ले गर्नु भएको थियो । NNCTR बनेपा घोकेचौरको प्रविधिक सहयोगमा यहि मंसिर २७ गते चण्डेश्वरी साकोसले बनेपा ४ नाला करुणामाई मण्डिर अगाडि सो शिविर राख्न लागेको हो । बनेपा वडा नं. १,२,३ र ४ का महिला जनसमुदायलाई लक्षित गरि सो शिविर संचालन हुन लागिएको हो । शिविरमा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि समस्या देखिएको महिलाहरुलाई निःशुल्क उपचारको लागि NNCTR संग सहकार्य गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *