घरदैलो सहकारी शिक्षा तथा सदस्य बिस्तारित कार्यक्रम सम्पन्न – बनेपा वडा नं। ०४ लगनटोल

सेर गर्नुहोस

मिति २०८०–११–२८ गते सोमबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि।को नाला सेवा केन्द्रको व्यवस्थापन उप समितिको संयोजकत्वमा बनेपा वडा नं। ०४ लगनटोल क्षेत्र लाई लक्षित गरि घरदैलो सहकारी शिक्षा तथा सदस्य विस्तारीत मञ्च कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा नाला सेवा केन्द्र व्यवस्थापन उप–समिति सदस्य महेन्द्र श्रेष्ठ, गोपाल श्रेष्ठ, संचालक सदस्य सुरेन्द्र प्रजापती, मनोहरी पोटे, तथा कर्मचारीहरुको उपस्थीती रहेको थियो । कार्यक्रमको सहजीकरण नाला सेवाकेन्द्रका कार्यालय प्रमख नबिना श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख उद्देश्य संस्थाले गर्दै आएको कार्यक्रम, संस्थाको सेवा, बचत, ऋण, रेमिट्यान्स, राहत, डिजिटल सेवाआदिका बारेमा सदस्यलाई जानकारी दिने, सदस्यहरुको चासो गुनासो संकलन गर्ने तथा सम्भाव्य सदस्यलाई संस्थामा आबद्ध गराउनु रहेको थियो ।
बनेपा ०४ लगनटोल क्षेत्रका थुप्रै घर परिवारहरु सो कार्यक्रम मार्फत लाभान्वीत भएको थियो । उक्त कार्यक्रममा सदस्य तथा संभावित सदस्य गरी जम्मा ४५ जना सहभागी रहेको थियो । कार्यक्रम पश्चात उपस्थीत सदस्यहरुले संस्थाको बारेमा तथा संस्थाले प्रदान गर्दै आएका बचत तथा ऋण सेवा सुबिधा, योगदानमा आधारीत राहत योजना, मोबाईल बैकिङ्ग, ए।टि।एम सेवा, जेष्ठ सदस्य सम्मान तथा तिर्थातन भ्रमण, निःशुल्क शिपमुलक तालिम, निःशुल्क श्वाश्थ्य शिविर आदिका बारेमा जानकारी लिने अवसर प्राप्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *