सेर गर्नुहोस

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुसार यस संस्थाको महिला बिकास उप समितिको संयोजनकत्वमा मिति ः २०८० चैत्र १० गते शनिबार संस्थामा आबद्ध रहेका जेष्ठ शेयर सदस्यहरुलाई तिर्थातन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका ६० देखि ७५ बर्ष सम्मका ४०६ जना जेष्ठ शेयर सदस्यहरुलाई पनौती बल्थली स्थीत लड्केश्वर महादेवधाम र खोपासी स्थीत फट्केश्वर महादेवको दर्शन गराईएको थियो । संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति तथा कर्मचारी गरि जम्मा ४५३ जना सो कार्यक्रममा सहभागि थिय । प्राकृतिक सम्पन्नताले भरिपुर्ण क्षेत्रस्थीत रहेको लड्केश्वर महादेवधाम एक प्रशिद्ध धार्मिक स्थल मानिन्छ । हालसालैमात्र उत्त स्थानमा राष्ट्रिय कोटिहोम सम्पन्न गरिएको थियो । संस्थाले बार्षिक रुपमानै जेष्ठ सदस्य तिर्थातन कार्यक्रम सम्पन्न गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *