मिति ः २०८०/०८/३० गते शनिबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि।को बार्षिक कार्य योजना अन्र्तगत बचत तथा प्रबद्धण बिभाग तथा समुह बचत उप समितिको संयोजकत्वमा बनेपा वडा नं। ०९, का नयाँबस्ती क्षेत्र लाई लक्षित गरि सदस्य शिक्षा तथा घरदैलो कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा संस्थाका संचालक सदस्य तथा समुह बचत उप समिति संयोजक सुरेन्द्र प्रजापती, संचालक सदस्य रुकमणी राजभण्डारी, मनोहरी पोटे, समुह बचत उप समिति सदस्य तथा कर्मचारीको उपस्थीती रहेको थियो । कार्यक्रम बिहानीको ७ः३० बजे बाट सुरु भई दिउँसोको १२ बजे सम्म चलेको थियो । कार्यक्रमको प्रमुख उद्देश्य संस्थाले गर्दै आएको कार्यक्रम तथा बचत ऋण सेवाका बारेमा सदस्यलाई जानकारी दिने तथा सम्भाव्य सदस्यलाई संस्थामा आबद्ध गराई समुह निमार्ण गर्नु साथै दिगो सहकारी संस्थाको अवधारणाको बारेमा प्रस्ट्याउनु रहेको थियो ।
बनेपा ०९ नयाँबस्ती क्षेत्रका ६० जनसमुदाय सो कार्यक्रम मार्फत लाभान्वीत भएको देखिन्छ । कार्यक्रमका कारण सो समुदायमा धेरै व्यक्ति चण्डेश्वरी साकोस तथा सहकारी अवधारणा प्रति सकारात्मक लगाब लिएको देखिन्छ ।