चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को आर्थिक बर्ष ०८०।०८१ को बार्षिक कार्ययोजना तथा बजेट तर्जुमाको सन्दर्भमा सदस्य शिक्षा शिविर तथा बिस्तारित मञ्च सम्पन्न भएको छ । मिति ः २०८० असार १५ गते संस्थाको मुख्य कार्यालयमा संस्थाको शेयर सदस्यहरुका माझ नयाँ आ.ब.को लागि प्रस्थाबित कार्षिक कार्ययोजना तथा बजेट तर्जुमा सम्बन्धि रचनात्मक छलफल भएको थियो । शिक्षा तथा समाज कल्याण उप समितिको संयोजकत्वमा सम्पन्न भएको सो कार्यक्रममा संस्थाका प्र.का.अ श्री झलेन्द्र प्रसाद दाहालज्युले संस्थाको योजना तथा बार्षिक कार्यत्रम माथि प्रस्तुतीकरण दिनु भएको थीयो । अन्त्यमा उपस्थीत सदस्यज्यूहरुबाट सल्लाह सुझाव संकलन गरि कार्यक्रमको समापन गरिएको थियो ।