३४ औँ स्थापना दिवस And नाला सेवा केन्द्रको उदघाट्न समारोह

सेर गर्नुहोस

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को ३४ औँ स्थापना दिवसको अवसर पारेर मिति २०८० असार २ गते शनिबारका दिन नाला सेवा केन्द्रको उदघाट्न समारोह सम्पन्न गरिएको छ । संस्थाका अध्यक्षा श्री नबिन भक्त बादे श्रेष्ठज्युको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपस्थीत सम्पुर्णलाई संस्थाका उपाध्यक्ष श्री रमेश काजी श्रेष्ठज्यु मार्फत स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला सहकारी संघ लि।, काभ्रेका अध्यक्ष श्री दिलिप शर्माज्यु रहनुभएको थियो भने बिषेश अतिथिका रुपमा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष श्री उदयराम कायष्थ ज्यु रहनु भएको थियो । कार्यक्रममा बनेपा ४ का अध्यक्ष श्री श्याम शुन्दर श्रेष्ठज्यु, नेफ्स्कुनका सदस्य सेवा विभाग प्रमुख श्री गणेश प्रसाद तिमल्सीनाज्यु लगाएतका अतिथिको उपस्थीती रहनुका साथै आफ्ना शुभकामना मन्तव्य पनि राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण संस्थाका सचिव श्री बुद्धरत्न मानन्धर ज्युले गर्नुभएको थियो ।

साथै संस्थाले ३४ औँ स्थापना दिवसको उपलक्ष्यमा संस्थामा बिषेश कार्यक्रम मार्फत शुभकामना आदान प्रदान कार्यक्रम पनि सम्पन्न गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *