मिति ः २०८०÷०८÷१४ गते बिहिबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को बार्षिक कार्य योजना अन्र्तगत बचत तथा प्रबद्धण बिभाग तथा समुह बचत उप समितिको संयोजकत्वमा पनौती वडा नं. ०५, का चौकोत, क्षेत्र लाई लक्षित गरि सदस्य शिक्षा तथा घरदैलो कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार बिकास बादे, संचालक सदस्य रुकमणी राजभण्डारी, मनोहरी पोटे, समुह बचत उप समिति संयोजक सुरेन्द्र प्रजापती, लेखा समिति सदस्य ज्योत्सना सैँजु उप समिति सदस्य सुरज प्रजापती, कृष्णेश्वरी बैद्य, सुवन कुमार प्रधान, मंगलमाया मानन्धर तथा कर्मचारी बचत बिभाग प्रमुख सत्यनारायण श्रेष्ठ, कनिष्ठ सहायक मिरा कुटुवाजु र पुष्पाञ्जली प्रजापतीको उपस्थीती रहेको थियो । कार्यक्रम बिहानीको ७ः३० बजे बाट सुरु भई ११ बजे सम्म चलेको थियो । कार्यक्रमको प्रमुख उद्देश्य संस्थाले गर्दै आएको कार्यक्रम तथा बचत ऋण सेवाका बारेमा सदस्यलाई जानकारी दिने तथा सम्भाव्य सदस्यलाई संस्थामा आबद्ध गराई समुह निमार्ण गर्नु साथै दिगो सहकारी संस्थाको अवधारणाको बारेमा प्रस्ट्याउनु रहेको थियो ।
पनौती ०५ चौकोत क्षेत्रका ६५ जनसमुदाय सो कार्यक्रम मार्फत लाभान्वीत भएको देखिन्छ । नयाँ सदस्यहरुलाई संस्थाको किरिङ्ग प्रदान गरिइको थियो । कार्यक्रमका कारण सो समुदायमा धेरै व्यक्ति चण्डेश्वरी साकोस तथा सहकारी अवधारणा प्रति सकारात्मक लगाब लिएको देखिन्छ ।