मिति ः २०८०\०८\२२ गते शुक्रबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि।को बार्षिक कार्य योजना अन्र्तगत नाला सेवा केन्द्र व्यवस्थापन समितिको संयोजकत्वमा बनेपा वडा नं। ०४, माझगाँउ क्षेत्र लाई लक्षित गरि सदस्य शिक्षा तथा घरदैलो कार्यक्रम सम्पन्न गरियो । नाला सेवा केन्द्र व्यवस्थापन समिति सदस्य, बचत बिभाग प्रमुख, सेवा केन्द्र प्रमुख र कर्मचारीको समुहमा कार्यक्रम सपन्न गरिएको थियो । कार्यक्रम बिहानीको ७ः३० बजे बाट सुरु भई ११ बजे सम्म चलेको थियो । कार्यक्रमको प्रमुख उद्देश्य संस्थाले गर्दै आएको कार्यक्रम तथा बचत ऋण सेवाका बारेमा सदस्यलाई जानकारी दिने तथा सम्भाव्य सदस्यलाई संस्थामा आबद्ध गराई समुह निमार्ण गर्नु साथै दिगो सहकारी संस्थाको अवधारणाको बारेमा प्रस्ट्याउनु रहेको थियो । हाल सहकारी क्षेत्रमा देखा परेका समस्याका बारेमा जन समुदायले चासो लिनुभएको थियो । जनसमुदायको चासोको बारेमा बचत बिभाग प्रमुख सत्य नारायण श्रेष्ठले निति नियम तथा सहकारीका शिद्धान्तमा चलेका सहकारीमा त्यस प्रकारको समस्या नरहेको भनि प्रस्ट्याउनु भएको थियो । कार्यक्रमका कारण सो समुदायमा धेरै व्यक्ति चण्डेश्वरी साकोस तथा सहकारी अवधारणा प्रति सकारात्मक लगाब लिएको देखिन्छ ।