मिति ः २०८०/०९/२० गते शुत्रबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि।को बार्षिक कार्य योजना अन्र्तगत बचत तथा प्रबद्धण बिभाग तथा समुह बचत उप समितिको संयोजकत्वमा बनेपा वडा नं। ०९, का गुराँगाई टोल, नमुना बस्ती लाई लक्षित गरि सदस्य शिक्षा तथा घरदैलो कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा संस्थाका संचालक सदस्य तथा समुह बचत उप समिति संयोजक सुरेन्द्र प्रजापती, संचालक सदस्य रुकमणी राजभण्डारी, मनोहरी पोटे, समुह बचत उप समिति सदस्य तथा कर्मचारीको उपस्थीती रहेको थियो । कार्यक्रम बिहानीको ७ः३० बजे बाट सुरु भई दिउँसोको १२ बजे सम्म चलेको थियो । कार्यक्रमको प्रमुख उद्देश्य संस्थाले गर्दै आएको कार्यक्रम तथा बचत ऋण सेवाका बारेमा सदस्यलाई जानकारी दिने तथा सम्भाव्य सदस्यलाई संस्थामा आबद्ध गराई समुह निमार्ण गर्नु साथै दिगो सहकारी संस्थाको अवधारणाको बारेमा प्रस्ट्याउनु रहेको थियो ।
बनेपा ०९ गुरागाई टोल र नुमना बस्ती क्षेत्रका ६५ जनसमुदाय सो कार्यक्रम मार्फत लाभान्वीत भएको देखिन्छ । कार्यक्रमका कारण सो समुदायमा धेरै व्यक्ति चण्डेश्वरी साकोस तथा सहकारी अवधारणा प्रति सकारात्मक लगाब लिएको देखिन्छ ।

सदस्य शिक्षा तथा घरदैलो कार्यक्रम सम्पन्न – बनेपा वडा नं। ०९, नयाँबस्ती

मिति ः २०८०/०८/३० गते शनिबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि।को बार्षिक कार्य योजना अन्र्तगत…

निःशुल्क पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको प्रारम्भिक परिक्षण शिविर

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुसार    मिति २०८० मंसिर २७…

पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

चण्डेश्वरी साकोसको आयोजनामा निःशुल्क पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ…

सहकारी शिक्षा कार्यक्रम सम्पन्न

मिति ः २०८०\०८\२२ गते शुक्रबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि।को बार्षिक कार्य योजना अन्र्तगत…

पनौती चौकोटमा चण्डेश्वरीको घरदैलो कार्यक्रम

मिति ः २०८०÷०८÷१४ गते बिहिबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को बार्षिक कार्य योजना अन्र्तगत…

१५ प्रतिशत लाभांश घोषण गर्दै चण्डेश्वरी साकोसको ३१औँ वार्षिक साधारण सभा सम्पन्न

८ श्रावण २०८०, बनेपा ८ –  काभ्रेपलाञ्चोकमा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को…

आकु फोरम २०२३ का सहभागीहरुको चण्डेश्वरी साकोस भ्रमण

एशियाली ऋण महासंघको आयोजना र नेफ्स्कुन तथा राष्ट्रिय सहकारी बैंकको सहयोगमा नेपालमा आयोजना भईरहेको आकु फोरम…

जेष्ठ सदस्य पिता सम्मान कार्यक्रम सप्पन्न

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुबाको मुख हेर्ने दिनको अवसर पारी भाद्र २७ गते…

काभ्रे : बनेपा-८, तीनदोबाटोमा केन्द्रीय कार्यालय रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालकै उत्कृष्ट बन्न सफल भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले ३६औं स्थापना दिवसको अवसरमा देशभरका सहकारी मध्ये चण्डेश्वरीलाई उत्कृष्ट संस्थाको रुपमा घोषणा गरेको हो । नेफ्स्कुनका निवर्तमान अध्यक्ष डि.बी. बस्नेत संयोजक रहेको समितिले चण्डेश्वरीलाई उत्कृष्ट संस्थाको रुपमा चयन गरेको हो ।

नेफस्कूनले ३६ औं स्थापना दिवस कार्यक्रममा घोषणा गरिएको पुरस्कार आगामी साधारण सभामा प्रदान गर्नेछ । चण्डेश्वरी बचतले गत वर्ष नेफ्स्कूनबाटै बागमती प्रदेशस्तरीय उत्कृष्ट संस्थाको पुरस्कार पाएको थियो । त्यस्तै राष्ट्रिय सहकारी बैंकले पनि बागमती प्रदेश स्तरिय उत्कृष्ट संस्थाको सम्मान गत वर्ष प्रदान गरेको थियो ।

चण्डेश्वरी बचत गत वर्ष एक्सेस ब्राण्ड पाउने नेपालको एक मात्र सहकारी हो । २०७६मा नेपालका २६ वटा सहकारीले ब्राण्ड पाएकोमा गत वर्ष चण्डेश्वरीले मात्र ब्राण्ड पाएको थियो । यस वर्ष (2023-2024) एशियाली स्तरको स्तरीकरण कार्यक्रम अन्तर्गत चण्डेश्वरीले एक्सेस सिल्भर (Silver Brand) ब्राण्ड प्राप्त गरेको छ ।

असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको कुल सम्पत्ति १ अर्ब २८ करोड रुपैयाँ रहेको छ । संस्थाको सेयर पुँजी ११ करोड १५ लाख, जगेडा कोष ११ करोड ९९ लाख, अन्य कोष ३६ लाख, बचत ९६ करोड ७२ लाख, लगानी १ अर्ब ३० लाख र कुल संस्थागत पुँजी ११ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

संस्थामा ९ हजार १ सय २२ जना सदस्य छन् ।