८ श्रावण २०८०, बनेपा ८ – काभ्रेपलाञ्चोकमा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को…
Category: गतिविधी
आकु फोरम २०२३ का सहभागीहरुको चण्डेश्वरी साकोस भ्रमण
एशियाली ऋण महासंघको आयोजना र नेफ्स्कुन तथा राष्ट्रिय सहकारी बैंकको सहयोगमा नेपालमा आयोजना भईरहेको आकु फोरम…
काभ्रे : बनेपा-८, तीनदोबाटोमा केन्द्रीय कार्यालय रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालकै उत्कृष्ट बन्न सफल भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले ३६औं स्थापना दिवसको अवसरमा देशभरका सहकारी मध्ये चण्डेश्वरीलाई उत्कृष्ट संस्थाको रुपमा घोषणा गरेको हो । नेफ्स्कुनका निवर्तमान अध्यक्ष डि.बी. बस्नेत संयोजक रहेको समितिले चण्डेश्वरीलाई उत्कृष्ट संस्थाको रुपमा चयन गरेको हो ।

नेफस्कूनले ३६ औं स्थापना दिवस कार्यक्रममा घोषणा गरिएको पुरस्कार आगामी साधारण सभामा प्रदान गर्नेछ । चण्डेश्वरी बचतले गत वर्ष नेफ्स्कूनबाटै बागमती प्रदेशस्तरीय उत्कृष्ट संस्थाको पुरस्कार पाएको थियो । त्यस्तै राष्ट्रिय सहकारी बैंकले पनि बागमती प्रदेश स्तरिय उत्कृष्ट संस्थाको सम्मान गत वर्ष प्रदान गरेको थियो ।
चण्डेश्वरी बचत गत वर्ष एक्सेस ब्राण्ड पाउने नेपालको एक मात्र सहकारी हो । २०७६मा नेपालका २६ वटा सहकारीले ब्राण्ड पाएकोमा गत वर्ष चण्डेश्वरीले मात्र ब्राण्ड पाएको थियो । यस वर्ष (2023-2024) एशियाली स्तरको स्तरीकरण कार्यक्रम अन्तर्गत चण्डेश्वरीले एक्सेस सिल्भर (Silver Brand) ब्राण्ड प्राप्त गरेको छ ।
असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको कुल सम्पत्ति १ अर्ब २८ करोड रुपैयाँ रहेको छ । संस्थाको सेयर पुँजी ११ करोड १५ लाख, जगेडा कोष ११ करोड ९९ लाख, अन्य कोष ३६ लाख, बचत ९६ करोड ७२ लाख, लगानी १ अर्ब ३० लाख र कुल संस्थागत पुँजी ११ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
संस्थामा ९ हजार १ सय २२ जना सदस्य छन् ।
योगदानमा_आधारित_सदस्य_सुरक्षा_योजना_अन्र्तगत_राहत_रकम_वितरण – 2080-05-12
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत मिति…
विश्व बातावरण दिवस ( जुन ५ )
विश्व बातावरण दिवस ( जुन ५ ) को अवसरमा मिति २०८० जेष्ठ २२ गते यस चण्डेश्वरी…
३४ औँ स्थापना दिवस And नाला सेवा केन्द्रको उदघाट्न समारोह
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को ३४ औँ स्थापना दिवसको अवसर पारेर मिति…
बित्तिय साक्षरता तथा सदस्य बिस्तारित मञ्च कार्यक्रम सम्पन्न
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को शेयर सदस्य ज्युहरु तथा समुदायलाई सहकारी सम्बन्धि…