मिति ः २०८०÷०१÷२५ गते मंगलबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को बार्षिक कार्य योजना अन्र्तगत महिला बिकास उप समिति को संयोजकत्वमा बनेपा वडा नं. ८, स्थीत संस्थाको केन्द्रिय कार्यालय संगै यस संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे ज्यूको अध्यक्षतामा जेष्ठ सदस्य (माता) सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा पाल्नुभएका बनेपा न.पा.का प्रमुख श्री शान्ति रत्न शाक्य ज्यूको उपस्थितिमा पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममा बिषेश अतिथिका रुपमा बनेपा वडा ८ कार्यालयका अध्यक्ष श्री शुभलक्ष्मी मानन्धरज्यू उपस्थीत रहनु भएको थियो । कार्यक्रममा संस्थामा आबद्ध ७५ बर्ष नाघेका जेष्ठ महिला सदस्यहरु लाई मातातिर्थआँैशिको उपलक्ष्यमा सम्मान गरिएको थियो । कार्यक्रममा १२२ जना जेष्ठ आमाहरुलाई सम्मान गरिएको छ । बिहानीको ८ः०० बजे कार्यक्रमको शुभारम्भ भएको थियो जसमा संस्थाका उपाध्यक्ष श्री रमेश काजी श्रेष्ठज्यू ले स्वागत मन्तव्य राख्नु भएको थियो भने प्रमुख अतिथि बनेपा न.पा. प्रमुख शी शान्ति रत्न शाक्य ज्यू मार्फट आफ्नो छोटो मन्तव्य पेश गर्नु भएको थियो । कार्यक्रममा इलेक्ट्रिक जग तथा खाद्यान्न का साथ साथै सम्मान पत्र प्रदान गरिएको थियो । साथै संस्थामा आवद्ध जेष्ठ महिला सदस्यहरु मध्यबाट उत्कृष्ट कारोबारको आधारमा संरक्षित पुँजी फिर्ताकोष बापट उच्चतम रकम पाउने ३ जना जेष्ठ आमाहरुलाई बिषेश सम्मान गरिएको थियो ।
कार्यक्रममा ७५ बर्ष माथिका जेष्ठआमाहरुको उत्साहपुर्ण सहभागिता रहेको थियो । उपस्थीत ९२ जना जेष्ठ आमासदस्यहरु सम्पुर्ण लाई सम्मान गरिएको थियो भने अनुपस्थीत ३० जनालाई घरदैलोमा गई सम्मान गरिएको थियो ।

चण्डेश्वरी साकोसका सदस्यलाई शिःशुल्क वातावरणमैत्री कपडाको झोला व्याग बनाउने तालिमको शुभारम्भ

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको सहकार्य/सहजीकरण, उद्योग तथा बाणिज्य कार्यालय धुलिखेलको आयोजना तथा बनेपा नगरपालीका…

बृहत घरदैलो सदस्य सुझाव संकलन तथा भित्तेपात्रो बितरण कार्यक्रम – ६७ औँ राष्ट्रिय सहकारी दिवस

मिति ः २०८०/१२/२० गते मंगलबार ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा यस चण्डेश्वरी बचत तथा ऋण…

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुसार यस संस्थाको महिला बिकास उप समितिको संयोजनकत्वमा मिति ः २०८० चैत्र १० गते शनिबार संस्थामा आबद्ध रहेका जेष्ठ शेयर सदस्यहरुलाई तिर्थातन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका ६० देखि ७५ बर्ष सम्मका ४०६ जना जेष्ठ शेयर सदस्यहरुलाई पनौती बल्थली स्थीत लड्केश्वर महादेवधाम र खोपासी स्थीत फट्केश्वर महादेवको दर्शन गराईएको थियो । संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति तथा कर्मचारी गरि जम्मा ४५३ जना सो कार्यक्रममा सहभागि थिय । प्राकृतिक सम्पन्नताले भरिपुर्ण क्षेत्रस्थीत रहेको लड्केश्वर महादेवधाम एक प्रशिद्ध धार्मिक स्थल मानिन्छ । हालसालैमात्र उत्त स्थानमा राष्ट्रिय कोटिहोम सम्पन्न गरिएको थियो । संस्थाले बार्षिक रुपमानै जेष्ठ सदस्य तिर्थातन कार्यक्रम सम्पन्न गर्ने गरेको छ ।

घरदैलो सहकारी शिक्षा तथा सदस्य बिस्तारित कार्यक्रम सम्पन्न

मिति ः २०८०-११-१८ गते शुत्रबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि।को बार्षिक कार्य योजना…

चण्डेश्वरी साकोसको सामुदायीक बिद्यालय सहयोग आजाद मा.बि.लाई

बनेपा ८,    चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले सामुदायीक बिद्यालय सहयोग कार्यक्रम अन्तर्गत बनेपा…

योगदानमा आधारित राहत रकम हस्तान्तरण

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत मिति…

सहकारी शिक्षा घरदैलो कार्यक्रम – बनेपा १, टुकुचा

मिति ः २०८०÷०९÷२५ गते मंगलबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको…

चण्डेश्वरीले सम्पन्न गर्यो सदस्य सम्बन्ध बिकास तालिम

बनेपा, काभ्रे – चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले पौष २१ गते शनिबार सहकारी…

सदस्य शिक्षा तथा घरदैलो कार्यक्रम सम्पन्न – बनेपा वडा नं। ०९, नयाँबस्ती

मिति ः २०८०/०८/३० गते शनिबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि।को बार्षिक कार्य योजना अन्र्तगत…